पूर्वप्रधानमन्त्री खनालले भने- नेकपा (एकीकृत समाजवादी)लाई साथ र समर्थन छ
आफूू नवगठित नेकपा (एकीकृत समाजवादी)मा रहेको उनले स्पष्ट पारेका छन्। खनाल अहिले मिर्गौला प्रत्यारोपणपछि भारत नयाँदिल्लीस्थित अस्पतालमा उपचाररत छन्।
काठमाडौं, भदौ ४ : यसअघि माधवकुमार नेपालको साथमा रहेका एमालेको दोस्रो पुस्ताका केही नेता अनिर्णित देखिँदा पहिलो पुस्ताका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो कित्ता क्लियर गरेका छन् ।
आफूू नवगठित नेकपा (एकीकृत समाजवादी)मा रहेको उनले स्पष्ट पारेका छन् । खनाल अहिले मिर्गौला प्रत्यारोपणपछि भारत नयाँदिल्लीस्थित अस्पतालमा उपचाररत छन् ।
‘भारतको नयाँदिल्लीस्थित एपोलो हस्पिटलमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनाल नयाँ दर्ता भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को साथ र समर्थनमा रहनुभएको सम्पूर्णमा जानकारी गराउँछौँ,’ खनालको सचिवालयले शुक्रबार अपराह्न सामाजिक सञ्जालमार्फत प्रष्ट्याएको छ ।
प्रकाशित मिति: १७:४६ बजे, शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![कोटेश्वर महादेवस्थानमा भक्तजनहरुको घुइँचो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-18_5ad03701-1789368553.jpg)

