Kathmandu Press

कांग्रेस नेता गिरीको घाँटीको देव्रे भागमा सानो आकारको ट्युमर

काठमाडौं, भदौ ४ : कांग्रेस नेता प्रदीप गिरी भारतको मुम्बईस्थित हिन्दुजा अस्पतालमा उपचाररत छन्। उपचारका क्रममा उनको घाँटीको देव्रे भागमा सानो आकारको ट्युमर...
कांग्रेस नेता गिरीको घाँटीको देव्रे भागमा सानो आकारको ट्युमर

काठमाडौं, भदौ ४ : कांग्रेस नेता प्रदीप गिरी भारतको मुम्बईस्थित हिन्दुजा अस्पतालमा उपचाररत छन्।

उपचारका क्रममा उनको घाँटीको देव्रे भागमा सानो आकारको ट्युमर देखिएको अस्पतालले जनाएको छ।

उपचारमा संलग्न चकित्सकहरूले ट्यूमर अन्त कतै नफैलिएकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताएको अस्पतालको भनाइ छ।

अस्पतालका अनुसार नेता गिरीको अन्य स्वास्थ्य परीक्षण पनि भइरहेको छ। कस्तो रिपोर्ट आउँछ सोही अनुसार उनको उपचार सुरु हुनेछ।

स्वास्थ्यमा समस्या देखिएपछि नेता गिरी एक साताअघि उपचारका लागि मुम्बई गएका थिए।

प्रकाशित मिति: १७:१३ बजे, शुक्रबार, भदौ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्