भदौ १६ बाट बुद्ध एयरकाे पोखरा-सिमरा सीधा उडान
काठमाडौं, भदौ ४ : बुद्ध एयरले भदौ १६ गतेबाट पोखरा-सिमरा सीधा उडान भर्ने भएको छ। साताको तीन दिन आइतबार, बुधबार र शुक्रबार उडान भर्ने...
काठमाडौं, भदौ ४ : बुद्ध एयरले भदौ १६ गतेबाट पोखरा-सिमरा सीधा उडान भर्ने भएको छ।
साताको तीन दिन आइतबार, बुधबार र शुक्रबार उडान भर्ने बुद्ध एयरले जनाएको छ।
पोखराबाट सिमरा उडान मध्याह्न १२ बजेर २० मिनेट जाँदा र सिमराबाट पोखरा उडान अपराह्न १ बजेर १५ जाँदा हुने बुद्ध एयरले जानकारी दिएको छ।
बुद्ध एयरले पोखरालाई धेरै सहरसँग जोड्ने गरी उडान बढाउँदै लगेको छ। यसअघि नै बुद्ध एयरले पोखराबाट भैरहवा, भरतपुर, नेपालगन्ज उडान सुरु गरिरहेको छ।
बुद्ध एयरसँग ७२ सिटे एटिआर-७२ जहाज १० वटा, ४२ सिटे एटीआर-४२ जहाज ३ वटा र दुईवटा बिचक्राफ्ट जहाज छन्।
प्रकाशित मिति: १७:०५ बजे, शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











