काठमाडौं उपत्यकामा थपिए ८९८ संक्रमित, ८ जनाको मृत्यु
काठमाडौं, भदौ ४ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ८ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा सबैभन्दा...
काठमाडौं, भदौ ४ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ८ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा सबैभन्दा बढी ६ सय ४ जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरी भक्तपुरमा १ सय ७ र ललितपुरमा १ सय ८७ जना कोरोना संक्रमण पुष्टि भएको हो।
पछिल्लोपटक थपिएको सहित उपत्यकामा सक्रिय संक्रमितको संख्या ११ हजार ६ सय ३१ पुगेको छ। जसमध्ये काठमाडौंमा ८ हजार ७ सय ६७, भक्तपुरमा १ हजार ४ सय ७४ जना र ललितपुरमा २ हजार २ सय ९० रहेका छन्।
उपत्यकामा पछिल्लो २४ घन्टामा काठमाडौंमा ६ र लिलतपुर २ गरी ८ जनाको मृत्यु भएको छ।
योसहित उपत्यकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ६९ पुगेको छ। जसमध्ये काठमाडौंमा २ हजार ४०, भक्तपुरमा ४ सय २ जना र ललितपुरमा ६ सय २७ रहेका छन्।
प्रकाशित मिति: १६:५० बजे, शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![कोटेश्वर महादेवस्थानमा भक्तजनहरुको घुइँचो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-18_5ad03701-1789368553.jpg)

