३०४२ जनामा कोरोना संक्रमण पुष्टि, २६ जनाको मृत्यु
१० हजार ५ सय ३० जनाको पीसीआर परीक्षणमा २ हजार ७९ जना र ७ हजार १ सय २४ जनाको एन्टिजेन परीक्षणमा ९ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौं, भदौ ४ : पछिल्लो २४ घन्टामा ३ हजार ४२ जना कोरोना संक्रमित थपिएका छन्।
१० हजार ५ सय ३० जनाको पीसीआर परीक्षणमा २ हजार ७९ जना र ७ हजार १ सय २४ जनाको एन्टिजेन परीक्षणमा ९ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो समय थपिएको सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख २३ हजार ६ सय ४७ पुगेको छ।
सोही अवधिमा २ हजार २ सय ४४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९३ हजार ५ सय ४३ पुगेको छ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमण २६ जनाको मृत्यु भएको छ। योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ४ सय ५५ पुगेको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ३ सय ९ रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये ३६ हजार ९ सय २२ जना होम आइसोलेसनमा छन् भने ३ हजार ३ सय ८७ जना संस्थागत आइसोलेसनमा छन्।
कोरोनाका सक्रिय संक्रमितमध्ये ७ सय १४ जनाको आइसियु र १ सय ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयद्वारा सार्वजनिक विवरणमा उल्लेख छ।









![कोटेश्वर महादेवस्थानमा भक्तजनहरुको घुइँचो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-18_5ad03701-1789368553.jpg)

