धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीलाई कारबाही गर्न अर्थ समितिको निर्देशन
काठमाडौं, भदौ ४ : प्रतिनिधिसभाको अर्थ समितिले नेपाल धितोपात्र बोर्ड र नेप्सेका पदाधिकारीले पदीय मर्यादा अनुकूल नहुने गरी गरेको भनिएको शेयर कारोबारका सम्बन्धमा यथाशीघ्र...
काठमाडौं, भदौ ४ : प्रतिनिधिसभाको अर्थ समितिले नेपाल धितोपात्र बोर्ड र नेप्सेका पदाधिकारीले पदीय मर्यादा अनुकूल नहुने गरी गरेको भनिएको शेयर कारोबारका सम्बन्धमा यथाशीघ्र छानबिन गरी कारबाही गर्न निर्देशन दिएको छ।
अर्थमन्त्री जनार्दन शर्मा र अर्थ सचिव मधुु मरासिनीसँग बोर्ड र नेप्सेका पदाधिकारीले गरेको शेयर कारोबारका विषयमा जानकारी लिएपछि समितिले अनुचित लाभ लिन गरेको भनिएको उक्त घटनाका सम्बन्धमा कारवाही अघि बढाउन र सोको जानकारी गराउन मन्त्रालयलाई निर्देशन दिएको हो।
बैठकले पूँजी बजारको दिगो विकास र स्थायित्व कायम गर्दै स्वच्छता, पारदर्शी, सदाचार, नैतिकता साथै जिम्मेवारी र जवाफदेही प्रवद्र्धन गर्न आवश्यक रहेको सुुझाव दिएको छ।
समितिले पूूँजी बजार क्षेत्रको सुधारका लागि नीतिगत, कानूनी, संरचनात्मक, व्यवस्थापकीय, प्रविधिगत र कार्यशैलीगत पक्षमा गर्नुपर्ने सुुधारको खाका तयार गरी समितिलाई जानकारी गराउन पनि मन्त्रालयलाई निर्देशन पनि दिएको छ।
यसअघि बैठकमा अर्थमन्त्री शर्माले धितोपत्र बोड र नेप्सेले गर्ने कामकारवाही नियमन गरी व्यवस्थित तुल्याउने तालुकदार मन्त्रालय भएका नाताले विषय उठ्नेवित्तिकै ध्यानाकषर्ण भई छानविनका लागि समिति गठन गरिएको जानकारी दिए।
उनले भने, ‘कानूनमा रहेका छिद्रलाई मेटाउने तयारी भएको छ, जनताको सम्पत्ति डुुब्ने हो कि भन्ने चिन्ता छ, सर्वोत्तम सिमेन्टको शेयर कारोबारका विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।’
छानबिन समस्या समाधान र जनताको सम्पत्तिको रक्षाका लागि भएको बताउँदै अर्थमन्त्री शर्माले भने, ‘समस्यालाई टार्न समिति बनाएको हैन, घटनालाई गम्भीरतापूर्वक लिइएकाले टुङ्गोमा पुर्याइनेछ, प्रतिवेदनका आधारमा दोषीलाई कारवाही हुन्छ।’
कोरोना सङ्क्रमणपछिको उत्पन्न परिस्थितिका कारण वैकल्पिक लगानीका क्षेत्र बन्द भएपछि शेयरमा जनताको आकर्षण बढेको बताउँदै अर्थमन्त्री शर्माले विद्युत् नियमन आयोगको सूूचना बुुझेर मात्र सत्यतथ्य बुुझेर मात्र लगानी गर्न सर्वसाधारणलाई आह्वान गरे।
यसअघि बैठकमा सभापति कृष्णप्रसाद दाहालले थोरै पूूँजी लिएर प्रवेश गरेका सिधासोझा लगानीकर्ता ठगिने अवस्था अन्त्य गरी पूूँजी बजारलाई स्वच्छ, स्वस्थ्य, पारदर्शी र प्राकृतिकरुपमा सञ्चालन गराउन सरकार चनाखो हुन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
समितिमा सदस्यले धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीको शेयर कारोबारसँग जोडिएको प्रकरण नैतिकता र जिम्मेवारीसँग जोडिएकाले त्यसमा संलग्न हुनुु गलत कार्य भएको धारणा राखे।
पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले सम्पत्ति भनेको घर, जग्गा र सुन हो भन्ने हाम्रो मान्यताले पूूँजी बजारमा सर्वसाधारण जनताको विश्वास अझै बढ्न नसकेको बताए। उनले भने, ‘शेयर बजारको विकास स्वभाविक छ वा छैन अनुुसन्धान गरिनुुपर्छ, कोरोनापछि कतै लगानी गर्ने ठाउँ नभएपछि सबै शेयरमा संलग्न भएको देखिन्छ, यो क्षेत्रलाई पारदर्शी तुुल्याउन आवश्यक छ।’
सांसद रामकुुमारी झाँक्रीले दुवै निकायका शेयरमा संलग्न पदाधिकारीलाई निलम्बन गरी छानविन गर्न उपयुुक्त हुुने सुुझाव दिइन्। (रासस)









![कोटेश्वर महादेवस्थानमा भक्तजनहरुको घुइँचो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-18_5ad03701-1789368553.jpg)

