Kathmandu Press

१५० दिनपछि शुक्रबार भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या सबैभन्दा कम

नयाँ दिल्ली, भदौ ४ : भारतमा कोरोना भाइरसबाट थप ३६ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन्। सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा...
१५० दिनपछि शुक्रबार भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या सबैभन्दा कम

नयाँ दिल्ली, भदौ ४ : भारतमा कोरोना भाइरसबाट थप ३६ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन्। 

सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा ३६ हजार ५ सय ७१ जना नयाँ सङ्क्रमित थपिएका हुन्।

Hardik ivf

भारतमा अहिले सक्रिय अवस्थामा रहेका सङ्क्रमितहरुको सङ्ख्या ३ लाख ६३ हजार ६ सय पाँच पुगेको पनि अधिकारीहरुले जनाएका छन्। 

सक्रिय अवस्थामै रहेका सङ्क्रमितहरुको यो सङ्ख्या गत एक सय ५० दिनपछिकै सबैभन्दा कम भएको पनि उनीहरुले बताएका छन्।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कूल सङ्क्रमितमध्ये अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या १.१२ प्रतिशत रहेको छ।

भारतमा अहिले सङ्क्रमणमुक्त भएकाहरुको कूल सङ्ख्या तीन करोड १५ लाख ६१ हजार ६ सय ३५ पुगेको अधिकारीहरुले जनाएका छन्। तीमध्ये ३६ हजार पाँच सय ५५ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका छन्।  

कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये भारतमा मात्रै अहिलेसम्म चार लाख ३३ हजार पाँच सय ८९ जनाको मृत्यु भएको छ। पछिल्लो एक दिनमा पाँच सय ४० जनाको मृत्यु भएको हो। 

अहिले भारतमा सङ्क्रमणमुक्त हुने दर पनि उच्च रहेको छ। अधिकारीहरुका अनुसार अहिले ९७।५४ प्रतिशत मानिस सङ्क्रमणमुक्त भएका छन् । यो सङ्ख्या २०२० को मार्चपछिकै सबैभन्दा धेरै हो।

प्रकाशित मिति: १५:०१ बजे, शुक्रबार, भदौ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्