Kathmandu Press

मध्य र पूर्वका केही स्थानमा आज भारी वर्षाको सम्भावना

काठमाडाैं, असार ३१ : गत शुक्रबारदेखि सक्रिय रहेको मनसुन आजबाट कमजोर हुँदै गएको छ। मनसुनी न्यून चापीय रेखा नेपालको तराई क्षेत्रबाट दक्षिण सर्दै गए....

मध्य र पूर्वका केही स्थानमा आज भारी वर्षाको सम्भावना
फाइल

काठमाडाैं, असार ३१ : गत शुक्रबारदेखि सक्रिय रहेको मनसुन आजबाट कमजोर हुँदै गएको छ। मनसुनी न्यून चापीय रेखा नेपालको तराई क्षेत्रबाट दक्षिण सर्दै गएकाले अबका केही दिन मनसुनी गतिविधि कमजोर हुने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए।

उनका अनुसार न्यून चापीय रेखा (वर्षा गराउने वायु) विस्तारै दक्षिण सर्दै गएकाले अबको केही दिन वर्षा कम हुनेछ। यद्यपि मंगलबार देशका मध्य र पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

अन्य स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ रहेको छ। मनसुन सेम्टेम्बरको तेस्रो हप्तासम्म रहने भएकाले कहिले सक्रिय कहिले कमजोर यो क्रम निरन्तर भइरहने बताइएको छ। तत्कालका लागि अति भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आगामी २४ घण्टासम्म पहाडी क्षेत्रमा पहिरो र तराईमा बाढीको जोखिम कायमै रहेकाले सामान्य सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। साथै, हवाई तथा सडक यातायातमा समेत वर्षा र कम दृश्यस्थितिका कारण सामान्य अवरोध आउन सक्ने पूर्वानुमान छ। 

राति देशभर सामान्य बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। भोलि देशभर आंंशिकदेखि सामान्य बदली रही देशको पूर्वी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

त्यस्तै, बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही तराई भू–भागका केही स्थानमा र पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। रासस

प्रकाशित मिति: १७:४० बजे, मंगलबार, असार ३१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्