Kathmandu Press

इथियोपियाको मुद्दामा राजनीतिक वार्ता गर्न राष्ट्रसङ्घीय प्रमुखको आग्रह

संयुक्त राष्ट्रसङ्घ, भदौ ४ : संयुक्त राष्ट्रसङ्घले इथियोपियामा बढ्दो संकटका विषयमा राजनीतिक वार्ता नै आवश्यक रहेको बताएको छ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले बिहीबार...
इथियोपियाको मुद्दामा राजनीतिक वार्ता गर्न राष्ट्रसङ्घीय प्रमुखको आग्रह

संयुक्त राष्ट्रसङ्घ, भदौ ४ : संयुक्त राष्ट्रसङ्घले इथियोपियामा बढ्दो संकटका विषयमा राजनीतिक वार्ता नै आवश्यक रहेको बताएको छ। 

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले बिहीबार यस विषयमा आग्रह गर्नुभएको समाचारमा जनाइएको छ। महासचिव एन्टोनियो गुटर्रेसले इथियोपियामा पछिल्ला दिनमा बढ्दै गएको संकटको समाधानका लागि अरु सबै खालका विकल्पमा नभएर राजनीतिक वार्तालाई नै अघि बढाउनुपर्ने भन्दै आग्रह गरेका हुन्।

महासचिव गुटर्रेसले पछिल्ला वर्षमा इथियोपियाका नागरिकले धेरै दुःख पाएको, उनीहरुले अहिले खाद्यान्नलगायतका अति आवश्यकताका विषयमा पनि संघर्ष गर्नु परिरहेकाले सो विषयमा वार्ता नै उचित विकल्प हुनेछ बताएका छन्।

पछिल्ला वर्षमा इथियोपियामा हिंसा बढ्दै गएको र यसबाट यहाँका पूर्वाधार पनि ध्वस्त भएका र कैयौँ नागरिकलाई अहिले नै मानवीय सहायताको खाँचो रहेको भन्दै संयुक्त राष्ट्रसङ्घले यहाँको समस्या राजनीतिक वार्ताबाट मात्र सम्भव रहेको देखेको महासचिव गुटर्रेसले बताएका छन्।  

प्रकाशित मिति: १४:५८ बजे, शुक्रबार, भदौ ४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्