Kathmandu Press

आजबाट मोहर्रम पर्व मनाउँदै मुस्लिम समुदाय

काठमाडौं, भदौ ४ : मुसलमान धर्मावलम्बीले मोहर्रम पर्व हर्षोल्लासपूर्वक आज (शुक्रबार) देखि मनाउन सुरुआत गरेका छन्।इस्लामी नयाँ वर्ष १४४३ हिजरीको सुरुआतसँगै तामझामका साथ मनाइने...
आजबाट मोहर्रम पर्व मनाउँदै मुस्लिम समुदाय

काठमाडौं, भदौ ४ : मुसलमान धर्मावलम्बीले मोहर्रम पर्व हर्षोल्लासपूर्वक आज (शुक्रबार) देखि मनाउन सुरुआत गरेका छन्।

इस्लामी नयाँ वर्ष १४४३ हिजरीको सुरुआतसँगै तामझामका साथ मनाइने सो पर्व दश दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ।

केन्द्रीय मोहर्रम तथा कर्बला व्यवस्थापन समिति नेपालगञ्जका अध्यक्ष फिरोज अहमद हल्वाईले घरमै बसेर आज मोहर्रम पर्व मनाइने जानकारी दिए। 

उनले कोरोनाको जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्डको पालना गरी पर्व मनाउन सबैलाई आग्रह गरिएको बताए। यस वर्ष पर्वअन्तर्गत निकालिने सम्पूर्ण जुलुसको कार्यक्रम स्थगित गरिएको छ।

ती समुदायले आ–आफ्नो घर अगाडि सजाएको ताजिया सेलाउन कर्बला जाँदा भीड जम्मा नहुने गरी आलोपालो मिलाउन आग्रह गरिएको छ। 

मुस्लिम अगुवा मोहम्मद हारुन हलवाईले यस वर्ष महामारीका कारण चाडपर्व घरभित्रै भीडभाड नहुने गरी मनाउन आग्रह गरिएको बताए। यस महिना हजरत हसन र हजरत हुसैनले सत्यका लागि आफ्नो सम्पूर्ण परिवारसहित बलिदानी दिएकाले यसैका स्मरणमा सो पर्व मनाउने गरिएको उनले जानकारी दिए।

पर्वलाई शान्तिपूर्ण र व्यवस्थित तरिकाले मनाउन आग्रह गरिएको प्रहरी निरीक्षक डिल्लीबहादुर खड्काले बताए।

प्रकाशित मिति: १४:५३ बजे, शुक्रबार, भदौ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्