Kathmandu Press

१४ सांसदलाई कारबाही गर्न मिल्दैन : खिमलाल देवकोटा

काठमाडौं, भदौ ४ : राष्ट्रिय सभाका सदस्य डा. खिमलाल देवकोटाले एमालेले सिफरिस गरेको १४ सांसदलाई कारबाही गर्न नमिल्ने बताएका छन्। शुत्र,बार सामाजिक सञ्जालमार्फत उनले नेता...
१४ सांसदलाई कारबाही गर्न मिल्दैन : खिमलाल देवकोटा

काठमाडौं, भदौ ४ : राष्ट्रिय सभाका सदस्य डा. खिमलाल देवकोटाले एमालेले सिफरिस गरेको १४ सांसदलाई कारबाही गर्न नमिल्ने बताएका छन्। 

शुक्रबार सामाजिक सञ्जालमार्फत उनले नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गर्न नहुने तर्क पेस गरेका हुन्।

उनले सभामुख संसद्को सर्वोच्चता जगेर्नाका पहरेदारमात्र नभएर सांसदहरुको अभिभावक पनि भएको बताएका छन्। ‘तथ्य र प्रमाण बिना प्रतिशोध साँध्न लेखिएको चिठीका आधारमा सभामूखले सांसदहरुलाई कारवाही गर्न मिल्दैन र पाउनुहुन्न,’ उनले फेसबुकमा लेखेका छन्, ‘कारबाही नै गर्ने हो भने पनि यसको विधि होला । समयसीमा होला।’ 

उनले थप लेखेका छन्, ‘चिठी लेख्नेबित्तिकै किन कारबाही गरिनस्, किन सूचना टाँसिनस् भनेर सभामुखमाथि हुलहुज्जत गर्न मिल्छ ?’

सभामूखलाई लेखेको चिठी र संलग्न कागजात अनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धारा ७६ (२) अनुसार संसदमा विश्वास लिने प्रयोजनका लागि संसदीय दल र केन्द्रीय कमिटी कुनैमा पनि छलफल र निर्णय नभएको उनले बताएका छन्। 

त्यस्तै सर्वोच्च अदालतको हालैको फैसलाअनुसार दलीय व्यवस्थामा हरेक निर्णयहरु दल र पार्टीमा हुनुपर्ने पनि उनको भनाइ छ। 

उनका अनुसार धारा ७६ (५) को व्याख्याका सन्दर्भमा अघिल्लो धारा क्रियाशील भएपछि पछिल्लो धारा निष्क्रिय हुने भनेको छ। ७६९२० प्रयोजनका लागि सोधिएको स्पस्टीकरणलाई थाती राखी ७६९३० र ७६९५० लाई क्रियाशील गराईएको छ। 

‘यति मात्र होइन, संसद विघटन गरिएको छ। स्पस्टीकरण सोधिएका सांसदहरुकै हस्ताक्षरका कारण संसद पुर्नस्थापना भएको छ। उहाँहरुकै हस्ताक्षरका कारण सरकारले विश्वाशको मत पाएको छ,’ उनले भनेका छन्, ‘यति धेरै घटनाक्रम  विकास भईसकेको अवस्थामा अब पछाडि फर्केर धारा ७६ (२) मा सहयोग नगरेका आधारमा कारवाही गर भन्न मिल्छ?’

एमालेको गत बुधबार स्थायी कमिटी बैठक राखेर नेपालसहित १४ सांसदलाई कारबाही गर्ने निर्णय गरेको थियो। त्यसका लागि पार्टीले संसद् सचिवालयलाई पत्र पनि बुझाएको छ। तर सभामुख अग्निप्रसाद सापकोटाले उक्त पत्रमा गरिएको माग कार्यान्वयन गरेका छैनन्।

पत्र कार्यान्वयनका लागि एमाले नेताहरुले सभामुखको ध्यानाकर्षण गराउँदै र दबाद दिँदै आइरहेका छन्।

<>

प्रकाशित मिति: १४:४६ बजे, शुक्रबार, भदौ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्