Kathmandu Press

वागमती प्रदेश प्रमुखमा शर्मा नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले वागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्त गरेकी छन्।
वागमती प्रदेश प्रमुखमा शर्मा नियुक्त

काठमाडौं, भदौ ४ : राष्ट्रपति विद्यादेवी भण्डारीले वागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्त गरेकी छन् ।

मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्रीको सिफारिसमा शर्मा प्रदेश प्रमुख नियुक्त भएका हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखबाट विष्णुप्रसाद प्रसाईंलाई पदमुक्त गरी राष्ट्रपतिले शर्मालाई नियुक्त गरेकी हुन् ।

नवनियुक्त प्रदेश प्रमुख शर्मा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालनिकट हुन् । नेपाल प्रधानमन्त्री हुँदा शर्मा प्रमुख स्वकीय सचिव थिए ।

प्रकाशित मिति: १४:३६ बजे, शुक्रबार, भदौ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्