Kathmandu Press

ठाकुरको पार्टीको नयाँ नाम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल

राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएलगत्तै जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजन भएर ठाकुरले बुधबार नयाँ पार्टी खोलेका थिए। 
ठाकुरको पार्टीको नयाँ नाम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल

काठमाडौं, भदौ ४ : महन्थ ठाकुर पक्षले आफू नेतृत्वको पार्टीको  नयाँ नाम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल प्रस्ताव गरेको छ।

राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएलगत्तै जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजन भएर ठाकुरले बुधबार नयाँ पार्टी खोलेका थिए। 

Hardik ivf

ठाकुर पक्षले बुधबार नै जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) पार्टी गठन गरेर दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस गरेको थियो। तर आयोगले जसपा नेपालसँग मिल्दोजुल्दो भएको भन्दै नयाँ नाम दिन अनुराेध गरेकाे थियो।

नयाँ नामसहित ठाकुर पक्षले पार्टी दर्ताका लागि आज फेरि निवेदन दिएको र दर्ता पनि भइसकेको आयोगले जनाएको छ।

माधवकुमार नेपाल समूहले पनि नेकपा (एकीकृत समाजवादी) नाम प्रस्ताव गरेको छ। आयोगले नेपाल समूहलाई पनि नेकपा (एमाले) सँग मिल्दोजुल्दो नाम नराख्न सुझाएको थियो।

प्रकाशित मिति: १४:२३ बजे, शुक्रबार, भदौ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्