नेपाल समूहको पार्टीको नाम नेकपा (एकीकृत समाजवादी)
गत बुधबार नेकपा एमाले (समाजवादी) नाममा पार्टी दर्ताका लागि नेपाल समूहले निर्वाचन आयोगमा निवेदन दिएको थियो। त्यसमा कानूनी अड्चन आउने भएकाले पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) राखेर शुक्रबार अपराह्न १ बजे आयोगमा निवेदन परेको हो।
काठमाडौं, भदौ ४ : माधवकुमार नेपाल नेतृत्वको पार्टीको नाम परिवर्तन भएको छ ।
गत बुधबार नेकपा एमाले (समाजवादी) नाममा पार्टी दर्ताका लागि नेपाल समूहले निर्वाचन आयोगमा निवेदन दिएको थियो । त्यसमा कानूनी अड्चन आउने भएकाले पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) राखेर शुक्रबार अपराह्न १ बजे आयोगमा निवेदन परेको हो ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले त्यसको पुष्टि गरे । पार्टीको नयाँ नाम दर्ताका लागि राजेन्द्र पाण्डेलगायत नेता आयोगमा पुगेका थिए ।
आयोग प्रवक्ता श्रेष्ठका अनुसार पार्टीको चुनाव चिह्न भने दाबी गरिएको छैन । निर्वाचनभन्दा अगाडि चुनाव चिह्न लिन सकिने भएकाले पनि नयाँ पार्टी दर्ताका लागि त्यसले नछेक्ने श्रेष्ठले जानकारी दिए ।
प्रकाशित मिति: १४:१३ बजे, शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![कोटेश्वर महादेवस्थानमा भक्तजनहरुको घुइँचो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-18_5ad03701-1789368553.jpg)

