Kathmandu Press

बाढीपहिरोका कारण अवरुद्ध विद्युत सेवा भोलिसम्ममा सुचारू हुने

काठमाडौं, असार ३१ : सरकारले बाढी, पहिरो र डुबानका कारण अवरुद्ध देशभरको विद्युत सेवा भोलिसम्ममा सुचारु गराउने प्रतिबद्धता जनाएको छ।

उर्ज....

बाढीपहिरोका कारण अवरुद्ध विद्युत सेवा भोलिसम्ममा सुचारू हुने

काठमाडौं, असार ३१ : सरकारले बाढी, पहिरो र डुबानका कारण अवरुद्ध देशभरको विद्युत सेवा भोलिसम्ममा सुचारु गराउने प्रतिबद्धता जनाएको छ।

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले मंगलबार पत्रकार सम्मेलन गरी बाढी, पहिरो र डुबानका कारण अवरुद्ध विद्युत सेवा भोलिसम्म सबै ठाउँमा सुचारु गराउने गरी कामलाई अघि बढाइएको जानकारी दिएका हुन्।

उनले  कुलेखानी जलविद्युत आयोजनाको पानीको सतह नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाइएको पनि जानकारी दिए। बाढी, पहिरो र डुबानका कारण देशका विभिन्न भागमा विद्युत आपूर्ति नै बन्द हुन पुगेको छ। मन्त्री पुनले ती सबै समस्या भोलिसम्ममा समाधान हुने गरी काम भइरहेको बताए।

मन्त्री पुनले बाढी र डुबान हुन नदिन सरकारले नदी नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाइएको पनि जानकारी दिए। नदी नियन्त्रण आपत्तकालीन कार्यका लागि नदी नियन्त्रणका क्षेत्रका काम गर्ने १५ वटा आयोजनाहरुलाई तयारी अवस्था राखिएको मन्त्री पुनको भनाइ छ।

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले रानी–जमरा–कुलरिया सिंचाइ आयोजनाको हालसम्म ८ किलो मिटर मूल नहर निर्माण कार्य सम्पन्न गरिएको पनि जनाएको छ।
 
 

प्रकाशित मिति: १७:३३ बजे, मंगलबार, असार ३१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्