Kathmandu Press

अफगान विषयमा रुसी र फ्रान्सेली राष्ट्रपतिबीच फोनवार्ता

मस्को, भदौ ४ : अफगानिस्तानमा विकसित परिस्थितिका विषयमा रुसी र फ्रान्सेली राष्ट्रपतिका बीचमा वार्ता भएको छ। यसका लागि उनीहरुबीच बिहीबार फोन वार्ता भएको...
अफगान विषयमा रुसी र फ्रान्सेली राष्ट्रपतिबीच फोनवार्ता

मस्को, भदौ ४ : अफगानिस्तानमा विकसित परिस्थितिका विषयमा रुसी र फ्रान्सेली राष्ट्रपतिका बीचमा वार्ता भएको छ। यसका लागि उनीहरुबीच बिहीबार फोन वार्ता भएको बताइएको छ । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोलाई टेलिफोन गरेको बताइएको छ। सो वार्ताका क्रममा अफगानिस्तानमा विकसित पछिल्लो परिस्थितिका विषयमा आवश्यक कुराकानी भएको रुसी राष्ट्रपतिको सचिवालयले जानकारी दिएको समाचारमा जनाइएको छ। 

रुसी र फ्रान्सेली राष्ट्रपतिका बीचमा हालै अफगानिस्तानमा विकास भएको परिस्थितिका लागि दुई देशले कसरी मिलेर काम गर्ने भन्ने बारेमा छलफल भएको छ। उनीहरुका बीचमा अफगानिस्तानमा त्यहाँका सर्वसाधारण नागरिकको सुरक्षाको अवस्थालाई कसरी सुरक्षित गर्ने भन्ने बारेमा कुराकानी भएको बताइएको छ।

Hardik ivf

पछिल्ला दिनमा अफगानिस्तानमा विदेशी दाता राष्ट्र तथा संस्थाहरुले पनि देश छोडिरहेका र त्यहाँका नागरिकहरु असुरक्षा र अभावमा परेको भन्दै यसका लागि मिलेर काम गर्ने विषयमा सहमति भएको बताइएको छ। 

त्यसैगरी बिहीबार नै रुसी राष्ट्रपति पुटिनले इटालीका प्रधानमन्त्रीसँग पनि फोनमा परामर्श गरेका छन्। उनले त्यस अवसरमा आगामी दिनमा अफगानिस्तानका नागरिकका लागि मिलेर अघि बढ्ने सहमति भएको बताइएको छ।

यसअघि बुधबार मात्र पनि चिनियाँ र पाकिस्तानी विदेशमन्त्रीका बीचमा पनि अफगान मुद्दामा छलफल भएको थियो । 

चिनियाँ विदेशमन्त्री वाङ यीले अफगानिस्तानलाई आवश्यक सहयोग र सहज रुपमा अहिलेको सङ्क्रमणको व्यवस्थापनका लागि चीनले पाकिस्तानसँग समन्वय गर्ने बताएका थिए।

बुधबार चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानी विदेशमन्त्री साहमोहमद कुरेसीबीच फोनवार्ता भएको थियो। 

त्यस फोन वार्ताका क्रममा विदेशमन्त्री यीले हाल अफगानिस्तानमा विकसित परिस्थितिलाई सामान्य बनाउन र त्यहाँको सङ्क्रमणकालीन व्यवस्थापनका लागि चीनले पाकिस्तानसँग सम्पर्क र समन्वय गरेर अघि बढ्ने बताएका थिए।

गत आइतबार काबुललाई तालिबानीले कब्जामा लिएका छन्। उनीहरुले तालिबानी सरकार गठनको तयारी पनि गरिरहेका छन्। 

काबुलबाट प्राप्त समाचारअनुसार त्यहाँ जताततै तालिबानका हतियारधारी लडाकुले गस्ती गरिरहेका देखिएको छ भने आफ्ना देश फर्किन चाहने विदेशीले गर्दा त्यहाँको विमानस्थलको अवस्था अस्तव्यस्त भएको बताइएको छ।     

प्रकाशित मिति: १३:०१ बजे, शुक्रबार, भदौ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्