Kathmandu Press

एमालेले निष्कासन गरेका १४ सांसदलाई पदबाट हटाउन सभामुखमाथि तीव्र दबाब

संघीय संसदमा एमालेकी सचेतक शान्ता चौधरीको नेतृत्वमा शुक्रबार पनि सभामुखको कार्यकक्षमा एमाले सांसदहरूले करिब दुई घण्टा धर्ना दिए। तर, सभामुख सापकोटा नआएपछि उनीहरू त्यत्तिकै फर्किए।
एमालेले निष्कासन गरेका १४ सांसदलाई पदबाट हटाउन सभामुखमाथि तीव्र दबाब

काठमाडौं, भदौ ४ : आफ्ना १४ जना सांसदलाई पदबाट हटाउन एमालेले सभामुख अग्निप्रसाद सापकोटामाथि दबाब तीव्र बनाएको छ ।

संघीय संसदमा एमालेकी सचेतक शान्ता चौधरीको नेतृत्वमा शुक्रबार पनि सभामुखको कार्यकक्षमा एमाले सांसदहरूले करिब दुई घण्टा धर्ना दिए । तर, सभामुख सापकोटा नआएपछि उनीहरू त्यत्तिकै फर्किए ।

सचेतक चौधरीका अनुसार फोन गरेर सभामुख सापकोटालाई समय दिन आग्रह गर्दा उनले आज कार्यालयमा नआउने बताएका थिए । ‘उहाँले टार्नुभयो, आउनुभएन,’ चौधरीले काठमाडौं प्रेससँग भनिन् ।

सभामुख सापकोटालाई भेट्न सचेतक चौधरीसहित गोकुल बाँस्कोटा, महेश बस्नेत, कृष्णभक्त पोखरेल, खगराज अधिकारी, विमला विक, गोमा देवकोटा, वसन्त नेम्वाङ, भगवती चौधरी, निरु पाल, थममाया थापालगायत एमाले सांसद सिंहदरबारस्थित उनको कार्यकक्षमा पुगेका थिए ।

‘उहाँले लिंगरिङ गर्न पाउनुहुन्न किनकि उहाँ व्यक्ति होइन, संस्था हुनुुहुन्छ,’ चौधरीले भनिन्, ‘उहाँ कुनै दलको कार्यकर्ता पनि होइन ।’

प्रकाशित मिति: १२:५३ बजे, शुक्रबार, भदौ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्