अर्थमन्त्रीको वरिष्ठ आर्थिक सल्लाहकारमा डा. उप्रेती नियुक्त
काठमाडौं, भदौ ४ : अर्थमन्त्री जनार्दन शर्माको वरिष्ठ आर्थिक सल्लाहकारमा डा. सुरेन्द्रकुमार उप्रेती नियुक्त भएका छन्।मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उनलाई वरिष्ठ आर्थिक सल्लाहकारका...
काठमाडौं, भदौ ४ : अर्थमन्त्री जनार्दन शर्माको वरिष्ठ आर्थिक सल्लाहकारमा डा. सुरेन्द्रकुमार उप्रेती नियुक्त भएका छन्।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उनलाई वरिष्ठ आर्थिक सल्लाहकारका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो।
उप्रेतीलाई राज्यमन्त्रीसरहको सुविधा दिने निर्णय पनि गरिएको जनाइएको छ।
अर्थशास्त्रमा विद्यावारिधि गरेका उनी यसअघि कर्णाली सरकारको आर्थिक विज्ञ भएर पनि काम गरिसकेका छन्।
प्रकाशित मिति: १२:५२ बजे, शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![कोटेश्वर महादेवस्थानमा भक्तजनहरुको घुइँचो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-18_5ad03701-1789368553.jpg)

