सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं, भदौ ४ : नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य उकालो लागेको छ।
साताको अन्तिम दिन आज छापावाला सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार छापावाला सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो। बिहीबारको तुलनामा छापावाल सुनमा मूल्य ४ सय रुपैयाँ वृद्धि भएको हो।
आज तेजाबी सुन ९० हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
आज चाँदी प्रतितोला ११ सय ९५ रुपैयाँ कायम भएको छ। बिहीबार तोलाको ११ सय ८० रुपैयाँ कायम भएको थियो। चाँदी अघिल्लो दिनको तुलनामा १५ रुपैयाँले बढेको हो।
प्रकाशित मिति: १२:४३ बजे, शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











