माथिल्लो तामाकोशीबाट ३८० मेगावाट विद्युत उत्पादन
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट तीन सय ८० मेगावाट विद्युत उत्पादन हुन थालेको छ।
काठमाडौं, भदौ ४ : माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट तीन सय ८० मेगावाट विद्युत उत्पादन हुन थालेको छ ।
आयोजनाका पाँचवटा युनिटबाट विद्युत उत्पादन सुरु भएको हो । आयोजना स्थल दोलखाको विगु गाउँपालिका–१ गोगरमा पर्छ ।
आयोजना प्रमुख विज्ञान श्रेष्ठका अनुसार स्वदेशी लगानीमा निर्माणधीन आयोजनाको पाँचवटै युनिटबाट विद्युत उत्पादन सुरु भएको हो । त्यससँगै तीन सय ८० मेगावट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
भदौभरिमा सबै युनिटबाट पूर्ण क्षमतामा बिजुली उत्पादन गर्ने आयोजनाको लक्ष्य छ । सबै युनिटबाट गरी चार सय ५६ मेगावट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।
प्रकाशित मिति: ११:१७ बजे, शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![कोटेश्वर महादेवस्थानमा भक्तजनहरुको घुइँचो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-18_5ad03701-1789368553.jpg)

