आज चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं, भदौ ४ : मनसुनी वायुको प्रभावले आज देशका चार वटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विमान विमागले जनाएको छ।विभागको...
काठमाडौं, भदौ ४ : मनसुनी वायुको प्रभावले आज देशका चार वटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विमान विमागले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान वर्षा भइरहेको छ।
आज दिउँसो धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशभर बदली रही प्रदेश १, कर्णाली, सुदूरपश्चिम र लुम्बिनीका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने भएको छ। भारी वर्षासँगै देशका अधिकांश स्थानमा बाढी तथा पहिरोको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।
प्रकाशित मिति: ०७:११ बजे, शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![कोटेश्वर महादेवस्थानमा भक्तजनहरुको घुइँचो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-18_5ad03701-1789368553.jpg)
