Kathmandu Press

सञ्चार मन्त्रालयका सहसचिव शर्मा सचिवमा बढुवा

काठमाडौं, भदौं ३ : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव डिल्लीराम शर्मालाई सचिवमा बढुवा भएका छन् ।विहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सचिवमा...
सञ्चार मन्त्रालयका सहसचिव शर्मा सचिवमा बढुवा

काठमाडौं, भदौं ३ : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव डिल्लीराम शर्मा सचिवमा बढुवा भएका छन् ।

विहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले शर्मासहित निर्वाचन आयोगका प्रवक्ता समेत रहेका सहसचिव राजकुमार श्रेष्ठ र लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रबिलाल पन्थको नाम सिफारिस भएको थियो । 

प्रकाशित मिति: २०:४० बजे, बिहीबार, भदौ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्