विश्वकप विजेता इंग्ल्याण्डले नयाँ पुस्ताका क्रिकेट फ्यानलाई उत्प्रेरित गर्ला?
क्रिकेटको जन्म बेलायतमा भएको हो। विश्वकपलाई क्रिकेटको श्रीवृद्धिमा ठूलो अवसर मानियो। तर नयाँ पुस्ताका फ्यानलाई यो प्रतियोगिताले कति उत्प्रेरित गर्छ हेर्न बाँकी नै छ।
क्रिकेटको जन्म बेलायतमा भएको हो। विश्वकपलाई क्रिकेटको श्रीवृद्धिमा ठूलो अवसर मानियो। तर नयाँ पुस्ताका फ्यानलाई यो प्रतियोगिताले कति उत्प्रेरित गर्छ हेर्न बाँकी नै छ।
बेलायत पोहोर रूसमा भएको विश्वकप फुटबलको सेमीफाइनल पुगेको थियो। फ्यानहरू उन्मादमा झण्डा फहर्याउँदै थिए। क्रिकेटमा यस्तो देखिएन। बेलायती क्रिकेटर बाटोमा हिँड्दा कसैले चिन्दैनन्। बेलायतका विद्यालयमा क्रिकेट कमै खेलिन्छ। निःशुल्क टेलिभिजनमा प्रसारण नहुने भएकाले पनि युवामाझ क्रिकेट जमेको छैन। सहभागिता पनि एकदमै ओरालो लागेको छ।
इंग्ल्याण्ड एन्ड वेल्स क्रिकेट बोर्ड (इसिबी) को आफ्नै अनुसन्धान अनुसार ६ देखि १५ वर्षका मात्रै पाँच प्रतिशत बेलायती बालबालिकाले क्रिकेटलाई मनपर्ने दुई खेलमध्ये एक बताए। खेलप्रेमीलाई यो तथ्याङ्कले झक्झकाएको छ।
द टाइम्सले वर्षको सुरूमा दर्जनौं साना क्लब बन्द भएको समाचार छाप्यो। सन् २००८ सम्म बेलायतमा चार लाख २८ हजार क्रिकेटर थिए। सन् २०१६ मा उनीहरूको संख्या घटेर दुई लाख ७८ हजार पुगेको समाचारमा उद्धृत गरिएको छ।
यसले सम्बन्धित निकायको ध्यानाकर्षण भएको छ। आउँदो वर्ष उनीहरूले विवादास्पद ‘हन्ड्रेड–बल–पर–साइड’ प्रतियोगिता गर्ने भएका छन्। यसबाट नयाँ दर्शक आकर्षित गर्ने लक्ष्य राखिएको छ। इसिबीका कार्यकारी प्रमुख टम ह्यारिसनले विश्वकपअघि बेलायत र वेल्समा खेलको वृद्धि गर्न उक्त प्रतियोगिता प्रयोग गर्ने ठूलो योजना रहेको बताए। उनले यसलाई अविश्वसनीय अवसर बताएका छन्।
आइतबार लर्ड्समा बेलायत र न्यूजिल्याण्डबीच भएको फाइनल खेलसँगै इसिबी र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले विभिन्न अभियानमार्फत पाँचदेखि १२ वर्षका दश लाखभन्दा धेरै बालबालिका खेलसँग जोडिएको खुशी मनाएको छ। यसले विश्वकपको प्रभाव झल्काउँछ।
‘दश लाख युवासँग जोडिने हाम्रो महत्वकांक्षी योजना थियो। समयभन्दा अगाडि नै लक्ष्य पूरा गरेकोमा हामी खुशी छौं,’ ह्यारिसनले भने।
केही मानेमा विश्वकप सफल भएको छ। विशेषगरी एसियाली टिम भएको खेलमा विविधतायुक्त दर्शक सहभागी थिए। सर्वसाधारणलाई संलग्न गराउन आयोजक शहरमा आधिकारिक ‘फ्यानजोन’ बनाइएका छन्। यस्तै फ्यानजोन ट्राफल्गर स्क्वायर पनि बनाइएको छ। त्यहाँ क्रिकेट म्याच प्रदर्शन गरिन्छ र क्रिकेटसम्बन्धी गतिविधि गरिन्छ।
एक दिवसीय खेलमा बेलायत शीर्ष वरियता आएपनि ती आधिकारिक स्थानबाहिर क्रिकेटको माहौल प्रायः सुस्त छ। जेसन रोयजस्ता विस्फोटक ब्याट्समेन र जोफ्रा आर्चरजस्ता तीव्र गतिका बोलर पनि बेलायती टिममा छन्। उनीहरूले फाइनल पनि जिते।
इसिबीले १५ वषअघि अन्तर्राष्ट्रिय क्रिकेट भूसतही टेलिभिजनबाट प्रसारण नगर्ने निर्णय गरेको थियो। आर्थिक लाभका लागि गरिएको यो निर्णयले नै चुनौती ल्याएको हो। अन्तिम पटक च्यानल फोरले क्रिकेट म्याच निःशुल्क प्रसारण गरेको थियो। सन् २००५ मा भएको एशेस श्रृङ्खलालाई ८० लाखभन्दा धेरै दर्शकले हेरेका थिए।
विश्वकप नै टेलिभिजन र डिजिटल प्लेटफर्मबाट सबैभन्दा धेरै हेरिएको खेल भएकोमा आइसिसीले यो साता खुशी व्यक्त गरेको छ। एजबास्टनमा बेलायतले भारतलाई ३१ रनले पराजित गरेको खेल सन् २००६ यता संयुक्त अधिराज्यमा सबैभन्दा धेरै हेरिएको क्रिकेट म्याच बनेको छ। स्काइ स्पोर्ट्समार्फत साढे ३४ लाखले सो खेल हेरेका थिए। ‘पिक अडियन्स’ भने १८ लाख थियो।
महिलाको विश्वकपमा अमेरिकाले बेलायतलाई हराउँदा बीबीसीको निःशुल्क प्रसारणको ‘पिक अडियन्स’ करिब एक करोड २० लाख रह्यो। तर, आइतबार लर्ड्समा भएको फाइल खेल भूसतही टेलिभिजनमा प्रसारण गरिने भएको छ। बेलायतमा विश्वकप प्रसारण गर्ने अधिकार पाएको स्काइसँग च्यानल फोरले सम्झौता गरेको छ।
बेलायती टिमका कप्तान ओइन मोर्गनले निर्णयको स्वागत गर्दै भने,‘यो राम्रो कुरा हो। यो क्रिकेटको लागि पनि राम्रो हो र क्रिकेट मलाई मन पर्ने खेल हो।’
सन् १९९९ मा अन्तिम पटक लर्ड्स भएको विश्वकप फाइनलमा स्टिभ वाह अष्ट्रेलियाली टिमका कप्तान थिए। विश्वकपमा घरेलु टिमको जितले बेलायती क्रिकेटमा चमत्कार गर्ने उनी बताउँछन्।
‘विश्वकप जित्नु के हो मलाई थाहा छ,’ उनले भने,‘एकदमै रोमाञ्चक हुन्छ। मानिसहरू समर्थनमा आउँछन्। उनीहरू पनि त्यसमा सहभागी हुन्छन्। त्यसले खुशी झन् बढ्छ।’ तर त्यसको लागि धेरैभन्दा धेरैले खेल हेर्नु पनि पर्छ।