Kathmandu Press

माधव नेपालको कोटामा यादवचन्द्र शर्मालाई वागमती प्रदेश प्रमुख बनाउने सरकारको निर्णय

सरकारले वागमतीका प्रदेश प्रमुख विष्णु प्रसाईंलाई पदमुक्त गर्ने निर्णय गरेको छ।
माधव नेपालको कोटामा यादवचन्द्र शर्मालाई वागमती प्रदेश प्रमुख बनाउने सरकारको निर्णय

काठमाडौं, भदौ ३ : सरकारले वागमतीका प्रदेश प्रमुख विष्णु प्रसाईंलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।

उनको ठाउँमा यादवचन्द्र शर्मालाई नियुक्त गर्ने निर्णय बिहीबारको मन्त्रिपरिषद् बैठकले गरेको छ ।

पदमुक्त प्रसाईं एमालेका नेता हुन् । नवनियुक्त प्रदेश प्रमुख शर्मा भने माधवकुमार नेपाल प्रधानमन्त्री बन्दा प्रमुख स्वकीय सचिव थिए ।

नेपालको नेतृत्वमा एमाले समाजवादी पार्टी गठन भएपछि पहिलोपटक उक्त दलको कोटामा नियुक्ति भएको हो । दल दर्ताले आधिकारिकता पाएसँगै एमाले समाजवादी सरकारमा सहभागी हुँदैछ ।

प्रकाशित मिति: १८:१३ बजे, बिहीबार, भदौ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्