शर्मालाई प्रधानसेनापति नियुक्त गर्न सरकारको सिफारिस
सरकारले कामु प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापति नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ।
काठमाडौं, भदौ ३ : सरकारले कामु प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापति नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २६ साउनदेखि लागू हुने गरी शर्मालाई कामु प्रधानसेनापति तोकेकी थिइन् ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले २४ भदौदेखि अनिवार्य अवकाश पाउँदै छन् । उनी २५ साउनदेखि विदामा बसेका छन् ।
प्रकाशित मिति: १७:२६ बजे, बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![कोटेश्वर महादेवस्थानमा भक्तजनहरुको घुइँचो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-18_5ad03701-1789368553.jpg)
