Kathmandu Press

लालबाबु पण्डितको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं, असार ३१ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामा माग गर्दै मंगलबार काठमाडौंमा प्रदर्शन गरिएको छ। <....

लालबाबु पण्डितको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं, असार ३१ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामा माग गर्दै मंगलबार काठमाडौंमा प्रदर्शन गरिएको छ। 

समानुपातिक,समावेशी सिद्धान्त विपरीत खुलाइएको लोक सेवा आयोगको विज्ञापन तत्काल खारेज गर्न माग गर्दै आएको आरक्षण बचाऔं आन्दोलनले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्दै मन्त्री पण्डितको राजीनामा माग गरेको हो।

प्रदर्शनीमा उत्रिएका महिला, दलित, जनजाति, मुस्लिमलगायतका समुदायहरुले संविधान विपरीत स्थानीय तहको विज्ञापन खुलाइएको दाबी गर्दै तत्काल खारेज गर्न लोक सेवा आयोगलाई पनि दबाब दिएका छनज्।

‘सिमान्तकृत समुदायको अधिकार सुनिश्चित गर’, ‘लोक सेवा आयोगलाई बाहुन सेवा आयोग बनाउन पाइँदैन’, लगायतका प्लेकार्ड बोकेका उनीहरुले समावेशी सिद्धान्तको खिल्ली उडाउने काम गरेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी समेत गरेका थिए।

लोक सेवा आयोगले खुवाएको स्थानीय तहको कर्मचारी भर्ना सम्बन्धि विज्ञापन संविधानको भावना अनुसार नआएको भन्दै सर्वोच्च अदालतमा पनि रिट समेत दायर गरिएको छ। 
 

प्रकाशित मिति: १५:३६ बजे, मंगलबार, असार ३१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्