Kathmandu Press

चिप्स अभावका कारण टोयोटाले सेप्टेम्बरमा उत्पादनलाई ४० प्रतिशतले कटौती गर्ने

चिप्स अभावका कारण टोयोटाले सेप्टेम्बरमा उत्पादनलाई ४० प्रतिशतले कटौती गर्ने

टोकियो, भदौ ३ : विश्वव्यापी चिप्स (पूर्जा) अभावले आपूर्ति व्यवस्थामा असर पर्ने भएकोले सेप्टेम्बर महिनामा टोयोटाले कार उत्पादनलाई ४० प्रतिशतले कटौती गर्ने जापानको निकी दैनिकले बिहीबार जनाएको छ। 

विश्वकै विशाल कार निर्माण कम्पनीले आगामी महिना करिब नौ लाख गाडी उत्पादन गर्ने योजना बनाएकोमा यसलाई घटाई लगभग पाँच हजारमा संशोधन गरिएको निकीले बताएको छ। यद्यपि निकीले यो भनाइ पुष्टि गर्न कुनै आधिकारिक स्रोतलाई उद्धृत गरेको भने छैन।

Hardik ivf

निकीका अनुसार दक्षिणपूर्वी एसियामा कोरोनाभाइरसको ‘डेल्टा भेरियन्ट’को सङ्क्रमण बिस्तारले टोयोटाका केही पूर्जाको खरीदमा पनि असर गरेको छ। टोयोटाले यस समाचारलाई लिएर तुरुन्तै कुनै प्रतिक्रिया जनाएको छै । 

पूर्जा अभावका कारण जापानी विशाल मोटर्स कम्पनीका प्रतिद्वन्द्वी पनि उत्पादनलाई ढिलो वा अस्थायीरूपमा रोक्न बाध्य भएका बताइएको छ। आधुनिक कारको इलेक्ट्रोनिक्स प्रणालीको लागि माइक्रोचिप अत्यावश्यक छ। यसको गत वर्षको अन्त्यदेखि अभाव भएको छ।

महामारीको कारण कार निर्माताले कारको माग आदेशलाई पछि धकेलेको बताएका छन्। चिप निर्माताले उत्पादन उपभोक्तालाई इलेक्ट्रोनिक्समा सारेका छन् किनभने मानिसले घरमा काम गर्न र आराम गर्न उपकरणको आवश्यक हुन्छ। महामारीका कारण कामदारको अभाव र चीन–अमेरिका व्यापार विवादको प्रभावलगायतका कारणले उत्पादन कमी भएको तर सवारीसाधनको माग भने बढेको कार निर्माण कम्पनीले बताएका छन्।  

आगामी महिनाको शुरुदेखि टोयोटाले विभिन्न जापानी कारखानामा सञ्चालन निलम्बन गर्नेछ र उत्तर अमेरिका, चीन र युरोपमा आफ्ना गाडीको मागलाई पछि धकेल्ने सोचमा टोयोटा रहेको निकीले बतायो।

चिप्स अभाव र अन्य भाइरसजन्य आपूर्तिसमस्याले टोयोटाका जापानी कारखानामा धेरै पटक छोटो अवधिका लागि उत्पादन कार्यलाई रोकिसकिएको छ। कम्पनीले यस महिनाको सुरुतिर सार्वजनिक तथ्याङ्कमा पहिलो त्रैमासिकमा खुद मुनाफा बढेका जनाएको छ र यसको कारक कोभिड–१९ सङ्क्रमणको विश्वव्यापी सङ्क्रमण दरमा आएको कमीलाई मानेको छ।

निकीका अनुसार बिहीबार टोयोटाको शेयर ४।४२ प्रतिशत घटेर नौ हजार २९५ पुगेको छ। 
 

प्रकाशित मिति: १७:०२ बजे, बिहीबार, भदौ ३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्