जापानले दिएको कोभिड खोपको आधा हिस्सा ७ भदौभित्र आउने
जापानले अनुदानमा दिएको कोभिड खोप ७ भदौभित्र काठमाडौं ल्याइने भएको छ ।
काठमाडौं, भदौ ३ : जापानले अनुदानमा दिएको कोभिड खोप ७ भदौभित्र काठमाडौं ल्याइने भएको छ ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन् । उनका अनुसार १६ लाख १४ हजार सात सय ४० डोज अस्ट्राजेनेका खोपमध्ये आधा हिस्सा ल्याइन लागेको हो ।
‘जापान सरकारको अनुदानमा प्राप्त १६ लाख १४ हजा ७४० डोज अस्ट्राजेनेका खोपमध्ये नेपाल ल्याउन बाँकी रहेको पचास प्रतिशत खोप भाद्र ५–७ भित्र काठमाडौं ल्याइने भएको छ,’ राज्यमन्त्री श्रेष्ठले लेखेका छन्, ‘यसअघि जापानबाट साउन २३–२४ मा खोप प्राप्त भएको थियो । जापान सरकारले कोभ्याक्समार्फत प्रदान गरेको सहयोगका लागि हार्दिक धन्यवाद !’
राजदूत किकुता युताकाले यो खोप अनुदान नेपाल–जापान मित्रताको प्रतीक भएको बताएका छन् ।
प्रकाशित मिति: १७:०१ बजे, बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![कोटेश्वर महादेवस्थानमा भक्तजनहरुको घुइँचो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-18_5ad03701-1789368553.jpg)
