३०७५ जनामा कोरोना संक्रमण पुष्टि, ३३ जनाको मृत्यु, एकै दिनमा ९१०११ जनाले लाए खोप
११ हजार ९ सय ४६जनाको पीसीआर परीक्षणमा २ हजार ३ सय २१ जना र ४ हजार ४ सय ९२ जनाको एन्टिजेन परीक्षणमा ७ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौं, भदौ ३ : पछिल्लो २४ घन्टामा ३ हजार ७५ जना कोरोना संक्रमित थपिएका छन्।
११ हजार ९ सय ४६जनाको पीसीआर परीक्षणमा २ हजार ३ सय २१ जना र ४ हजार ४ सय ९२ जनाको एन्टिजेन परीक्षणमा ७ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो समय थपिएको सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख २० हजार ६ सय ५ पुगेको छ।
सोही अवधिमा २ हजार १ सय २६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९१ हजार २ सय ९९ पुगेको छ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमण ३३ जनाको मृत्यु भएको छ। योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ४ सय २९ पुगेको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ५ सय रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये ३७ हजार १ सय १४ जना होम आइसोलेसनमा छन् भने ३ हजार ३ सय ८६ जना संस्थागत आइसोलेसनमा छन्।
कोरोनाका सक्रिय संक्रमितमध्ये ७ सय ३९ जनाको आइसियु र १ सय ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयद्वारा सार्वजनिक विवरणमा उल्लेख छ।
कोरोनाविरुद्धको खोप अभियान पनि जारी छ । पछिल्लो २४ घन्टामा ९१ लाख ११ हजारले खोप लाएका छन्। जसमा कोभिसिल्डको पहिलो डोज लगाउने १९ हजार ६ सय ५३, दोस्रो डोज लगाउने २३ हजार ४ सय १५ छन्।
त्यस्तै भेरोसेलको पहिलो डोज लगाउने १२ हजार ४ सय ३०, दोस्रो डोज लगाउने २१ हजार ७ सय ४६ जना छन् भने जानसिनको खोप लगाउनेको संख्या १३ हजार ६ सय ६७ जना छन्।










![कोटेश्वर महादेवस्थानमा भक्तजनहरुको घुइँचो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-18_5ad03701-1789368553.jpg)
