Kathmandu Press

ओलीको दाबी- एमाले विभाजित भएको होइन, केही मानिस चोइटिएका हुन्

न्युज एजेन्सी नेपाललाई बिहीबार अन्तर्वार्ता दिँदै ओलीले एउटा चोइटो मात्र उछिट्टिएको टिप्पणी गरे । पार्टीमा चुम्बकका दुई ध्रुव देखिएको बताउँदै उनले बाह्य शक्तिले एमाले फुटाएको दाबी गरे ।
ओलीको दाबी- एमाले विभाजित भएको होइन, केही मानिस चोइटिएका हुन्
फाइल तस्बिर

काठमाडौं, भदौ ३ : एमाले अध्यक्ष केपी ओलीले पार्टी विभाजन भएको नभई केही मानिस चोइटिएर गएको बताएका छन् ।

न्युज एजेन्सी नेपाललाई बिहीबार अन्तर्वार्ता दिँदै ओलीले एउटा चोइटो मात्र उछिट्टिएको टिप्पणी गरे । पार्टीमा चुम्बकका दुई ध्रुव देखिएको बताउँदै उनले बाह्य शक्तिले एमाले फुटाएको दाबी गरे ।

आफूले एमालेलाई एकताबद्ध राख्न अनेक कोशिस गरेको उनको दाबी छ । ५१ वर्षअघिदेखि पार्टी एकता गर्न सुरु गरेर नेकपासम्म बनाएको ओलीको भनाइ छ ।

उनले एमालेमा अन्तरकलह नभई नेपालको निहुँ खोजाइ मात्रै भएको ओलीको दाबी छ ।

प्रकाशित मिति: १५:५० बजे, बिहीबार, भदौ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्