लुम्बिनी प्रदेशसभाको आजको बैठक स्थगित
रुपन्देही, भदौ ३ : बिहीबार (आज) अपराह्न १ बजेका लागि बस्ने भनिएको लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ।प्रदेशसभा सचिवालयले आज सूचना टाँस गरी नवौं अधिवेशनकोे...
रुपन्देही, भदौ ३ : बिहीबार (आज) अपराह्न १ बजेका लागि बस्ने भनिएको लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ।
प्रदेशसभा सचिवालयले आज सूचना टाँस गरी नवौं अधिवेशनकोे तेस्रो बैठक स्थगित गरिएको जनाएको हो।
अर्को बैठक भदौ ७ गते सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरद्वारा जारी सचनामा उल्लेख छ।
प्रमुख प्रतिपक्षी दल एमालेका सांसदले पार्टीद्वारा कारबाही गरिएका सांसदद्वय अजयबहादुर शाही र बिमला वलीलाई पदमुक्त गर्न माग गर्दै सदन अवरुद्ध पार्दै आएका छन्। त्यसकारण नवौं अधिवेशनको तेस्रो दिनको बैठक पनि स्थगित भएको हो।

प्रकाशित मिति: १४:३४ बजे, बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्




-1789386172.jpg)




-1789386172.jpg)

