Kathmandu Press

एमाले समाजवादी सनाखत हुनासाथ मन्त्रिमण्डल विस्तार : प्रचण्ड

काठमाडौं, भदौ ३ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माधवकुमार नेपालको नेकपा एमाले (समाजवादी) ले निर्वाचन आयोगबाट मान्यता पाउनेबित्तिकै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउका...
एमाले समाजवादी सनाखत हुनासाथ मन्त्रिमण्डल विस्तार : प्रचण्ड

काठमाडौं, भदौ ३ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माधवकुमार नेपालको नेकपा एमाले (समाजवादी) ले निर्वाचन आयोगबाट मान्यता पाउनेबित्तिकै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउका छन्।

काठमाडौंमा समाजवादी केन्द्रद्वारा बिहीबार आयोजित अन्तक्र्रियामा प्रचण्डले त्यस्तो बताएका हुन् । ‘आज प्रधानमन्त्री देउवाजी, माधवजी र म बसेर गरेको छलफलबाट नयाँ दल सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद् विस्तार गर्नुपर्छ भन्ने सहमति भएको छ,’ उनले भने।

उनले यसअघि केपी ओली नेतृत्वको सरकारले र अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश (दोस्रो संशोधन) मा आकाश र जमिनको अन्तर रहेको जिकिर गरेका छन्।

अहिलेको सरकारले ल्याएको अध्यादेश गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि भएको उनले दाबी गरे। 

प्रकाशित मिति: १३:५९ बजे, बिहीबार, भदौ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्