Kathmandu Press

आगामी रणनीति बनाउँदै जसपाको ठाकुर पक्ष

काठमाडौं, भदौ ३ : निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएको जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले पर्टीको आगामी रणनीतिका लागि परामर्शमा...
आगामी रणनीति बनाउँदै जसपाको ठाकुर पक्ष

काठमाडौं, भदौ ३ : निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएको जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले पर्टीको आगामी रणनीतिका लागि परामर्शमा जुटेको छ। 

जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि दलविहीन बनेको ठाकुर पक्षले बुधबार जसपा (लोकतान्त्रिक) नामको दल दर्ताका लागि निवदेन दिएको थियो। नयाँ परिस्थितिमा पार्टीलाई कुन ढङ्गले अघि बढाउने भन्नेबारे आगामी रणनीति बनाउन जसपा ठाकुर पक्षका नेताहरु आन्तरिक छलफलमा जुटेका हुन्। परिवर्तित अवस्थामा पार्टीको आगामी रणनीति बनाउन नेताहरु आन्तरिक परामर्शमा रहेका जसपा ठाकुर पक्षका नेता केशव झाले जानकारी दिए।

उनले निर्वाचन आयोगले आफ्नो प्रक्रिया पुर्याएर दल दर्तालाई औपचारिकता दिउञ्जेल पार्टीको आगामी कार्यदिशाबारे आपसी परामर्शमा नेताहरु क्रियाशील रहेको बताए। निर्वाचन आयोगले ऐनअनुरुप नियमावली बनाउनुपर्ने हुन्छ। त्यसपछि मात्रै दल दर्ताको प्रक्रिया अघि बढ्छ। आयोगमा निवेदन दिएका नयाँ दलको दर्ताको औपचारिकताका लागि कम्तीमा २५ दिनजति समय लाग्ने बताइन्छ। 

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएलगत्तै ठाकुर पक्षका नेताहरुले नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन्। सो पार्टीको आयोगमा दर्ता नं ४३४ रहेको छ।  जसपा लोकतान्त्रिकको अध्यक्षमा महन्थ ठाकुर तथा वरिष्ठ नेतामा राजेन्द्र महतो रहेका छन्। उक्त दलमा अध्यक्ष र वरिष्ठ नेतासहित २४ सदस्यीय कार्यकारिणी समिति प्रस्ताव गरिएको छ, जसमध्ये रेशम चौधरीसहित १५ जना सांसद छन्। ठाकुर पक्षले नयाँ दलको चुनाव चिन्हमा साइकल प्रस्ताव गरेको छ।
 
सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सकिने गरी अध्यादेश ल्याएको छ। राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को व्यवस्था बमोजिम सबै विवरण राखी छुट्टै दल दर्ताका लागि आवश्यक कागजातसहित निवेदनका साथ सङ्लग्न गरी पेश गरिएको अध्यक्ष ठाकुरद्वारा हस्ताक्षरित निवेदनमा भनिएको छ।
 

प्रकाशित मिति: १३:५८ बजे, बिहीबार, भदौ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्