Kathmandu Press

१४ सांसदलाई पदमुक्त गर्न सभामुुख सापकोटालाई एमालेको दबाब

एमालेले आफ्ना १४ सांसदलाई पदमुक्त गर्न सभामुख अग्निप्रसाद सापकोटालाई दबाब दिएको छ।
१४ सांसदलाई पदमुक्त गर्न सभामुुख सापकोटालाई एमालेको दबाब

काठमाडौं, भदौ ३ : एमालेले आफ्ना १४ सांसदलाई पदमुक्त गर्न सभामुख अग्निप्रसाद सापकोटालाई दबाब दिएको छ ।

पार्टीले कारवाही गरेर उनीहरूलाई सांसदबाट पदमुक्त गराएको जानकारी संसद सचिवालयमा दर्ता गराएको तीन दिनसम्म सभामुखले सूचना प्रकाशित नगरेकामा एमालेले असन्तुष्टि जनाएको हो ।

एमालेले १ भदौमा माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरीलाई दलबाट निष्कासन गरेको सूचना संसद सचिवालयमा दर्ता गराएको थियो ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईलगायतले बिहीबार सभामुख सापकोटालाई भेटेर उनीहरूको सांसद पद रिक्त भएको सूचना प्रकाशित गर्न दबाब दिएका हुन् । सभामुख सापकोटाले त्यससम्बन्धी निर्णय छिटो लिने आश्वासन दिएका छन् ।

प्रकाशित मिति: १३:४० बजे, बिहीबार, भदौ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्