राज्यमन्त्री श्रेष्ठको अध्यक्षतामा उच्चस्तरिय कोभिड-१९ महामारी व्यवस्थापन समिति
काठमाडौं, भदौ ३ : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय उच्चस्तरिय कोभिड-१९ महामारी व्यवस्थापन समिति गठन गरिएको छ।कोरोना महामारी नियन्त्रण...
काठमाडौं, भदौ ३ : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय उच्चस्तरिय कोभिड-१९ महामारी व्यवस्थापन समिति गठन गरिएको छ।
कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापन गर्न सरकारले सो समिति गठन गरेको हो। समितिको उपाध्यक्षमा स्वास्थ्य सचिव डा. रोशन पोख्रेल, सहउपाध्यक्षमा प्रमुख विशेषज्ञ डा. दीपेन्द्ररमण सिंह छन्।
सदस्यहरुमा स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. रामपदार बिछा, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्याय, औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराई छन्।
त्यसैगरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेल र हाडजोर्नी रोग विशेषज्ञ डा. रुद्र मरासिनी पनि सो समितिमा सदस्य छन्।
सदस्य सचिवको जिम्मेवारी मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहोनीलाई दिइएको छ।
अन्तर्राष्ट्रिय सिमानामा हेल्थडेक्स, क्वारेन्टाइन, आइसोलेसन, उपचार व्यवस्था, खोप आपूूर्ति तथा अभियान सञ्चालन, औषधि, उपकरण खरिद आपूर्ति व्यवस्थापन लगायतका विषयमा नीतिगत व्यवस्था गर्ने काम समितिलाई दिइएको छ।
कोभिडबाहेकका नियमित तथा अत्यावश्यक सेवा सुचारु गर्न नीतिगत निर्णय गर्ने लगायत आठबुँदा कार्य विवरणमा उल्लेख छ।
सबैखाले स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रदेश र स्थानीय तहसँग समन्वय र सहजीकरण गर्ने, आर्थिक तथा मानव स्रोत परिचालन गर्न आवश्यक निर्णयहरु गर्ने र सहजीकरण गर्ने, सूचना व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक नीतिगत निण्र्नय लिने लगायत जिम्मेवारी सो समितिलाई दिइएको छ।




-1789386172.jpg)




-1789386172.jpg)

