प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता
काठमाडौं, भदौ ३ : प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।प्रधानमन्त्री...
काठमाडौं, भदौ ३ : प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान झण्डै पौने एक घण्टा उनीहरुबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटका क्रममा मुलुकको समसामयिक राजनीति र मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएको बताइएको छ। सरकारले अस्ति मङ्गलबार राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै नेकपा एमाले विभाजन भएर नयाँ दल दर्ता भएपछि तीन शीर्ष नेताबीच आज भेटवार्ता भएको हो।
प्रकाशित मिति: ११:५३ बजे, बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्




-1789386172.jpg)




-1789386172.jpg)

