घट्यो सुनचाँदीको मूल्य
काठमाडौं, भदौ ३ : बिहीबार नेपाली बजारमा सुन तोलामा ४०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबारको मूल्यमा सुन प्रतितोला ४००...
काठमाडौं, भदौ ३ : बिहीबार नेपाली बजारमा सुन तोलामा ४०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबारको मूल्यमा सुन प्रतितोला ४०० रुपैयाँले घट्दै बिहीबार ९० हजार ८०० रुपैयाँ कायम भएको हो ।
गत बुधबार बजारमा सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, यता तेजाबी सुनको मूल्य पनि बिहीबार प्रतितोला ४०० रुपैयाँले घट्दै ९० हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। यता चाँदीको मूल्य भने अधिकतम २५ रुपैयाँले घट्दै बिहीबार एक हजार १८० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: ११:४६ बजे, बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार






-1789386172.jpg)




