Kathmandu Press

‘माफी माग्दिनँ, बरु जेल जान्छु’

काठमाडौं, असार ३१ : कञ्चनपुर जिल्ला अदालतले अदालतको मान हानीमा माफी माग्न वा एक घण्टा कैद र एक रुपैँया जरिवानाको फैसला गरेपछि पत्रकार खेम भण्डारीले मा....

‘माफी माग्दिनँ, बरु जेल जान्छु’

काठमाडौं, असार ३१ : कञ्चनपुर जिल्ला अदालतले अदालतको मान हानीमा माफी माग्न वा एक घण्टा कैद र एक रुपैँया जरिवानाको फैसला गरेपछि पत्रकार खेम भण्डारीले माफी नमाग्ने बताएका छन्।

गत वर्ष बालत्कार पछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तलाई न्यायको माग गर्दै पत्रकार भण्डारीले आफ्नो पत्रिकामा लेखरचना प्रकाशित गरेका थिए। त्यसले अदालतको मान हानी गरेको भन्दै उनी विरुद्ध कञ्चनपुर बार एसोसिएसनले मुद्दा हालेको थियो।

जसमा कञ्चनपुर जिल्ला अदालतले हिजो फैसला सुनाएको छ। अदालतको फैसलामा तीन दिनको म्याद दिई माफी माग्न वा एक घण्टा कैद र एक रुपैयाँ जरिवाना गरेको छ।

तर, पत्रकार भण्डारीले माफी नमाग्ने बताए। जिल्ला अदालतको आदेशलाई सम्मान गर्दै बरु जेल बस्न तयार रहेको उनले बताए। ‘म माफी माग्दिँन, बरु जेल जान्छु,’ पत्रकार भण्डारीले काठमाडौं प्रेससँग भने, ‘म पुनरावेदन अदालतमा जान्छु। नगरेको गल्तीमा किन माफि माग्ने? मैले माफी नै माग्ने त्यस्तो अपराध के गरेको छु र?’

उनले प्रेस स्वतन्त्रताअन्तर्गत नै कसैलाई असर नपर्ने गरी सामाग्री प्रकाशन र प्रसारण गरेको दाबी गरे।

प्रकाशित मिति: १२:५१ बजे, मंगलबार, असार ३१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्