Kathmandu Press

अफगान राष्ट्रपति गनी यूएईमा, छिट्टै देश फर्किने विश्वास

काठमाडौं, भदौ ३ : विद्रोही तालिबानले अफगानिस्तान कब्जा गरेपछि देश छाडेका राष्ट्रपति असरफ गनी यूएईमा पुगेका छन्।उनले यूएईमा शरण लिएको जनाएको छ। यूएईका...
अफगान राष्ट्रपति गनी यूएईमा, छिट्टै देश फर्किने विश्वास

काठमाडौं, भदौ ३ : विद्रोही तालिबानले अफगानिस्तान कब्जा गरेपछि देश छाडेका राष्ट्रपति असरफ गनी यूएईमा पुगेका छन्।

उनले यूएईमा शरण लिएको जनाएको छ। यूएईका परराष्ट्रमन्त्रीले ननी र उनको परिवारका सदस्यलाई मानवीय दृष्टिले आफ्नो देशमा स्वागत गरिएको बताएका छन्।

साउन ३१ गते तालिबानले राजधानी कब्जा गरेलगत्तै राष्ट्रपति गनीले देश छाडेका थिए। उनी ताजकिस्तान गएको समाचार आएको थियो।

उनले छिट्टै अफगानिस्तान फर्किने बताएका छन्। यसबारे छलफल भइरहेको उनले जनाएका छन्।

७२ वर्षीय गनीले आफूले पैसा लिएर गएको भन्ने समाचारको खण्डन गरेका छन्। रुसी र भारतीय मिडियाले समाचार लिएर गएको आरोप लगाएका थिए।

प्रकाशित मिति: ०८:२३ बजे, बिहीबार, भदौ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्