Kathmandu Press

पहिरोले घर पुरिँदा रसुवामा चार जना बेपत्ता

रसुवा, भदौ ३ : गएराति आएको पहिरोले घर पुरिँदा रसुवाको नौकुण्ड गाउँपालिका ५ कोलडाडामा एक जना घाइते भएका छन् भने चार जना बेपत्ता...
पहिरोले घर पुरिँदा रसुवामा चार जना बेपत्ता
फाइल फोटो

रसुवा, भदौ ३ : गएराति आएको पहिरोले घर पुरिँदा रसुवाको नौकुण्ड गाउँपालिका ५ कोलडाडामा एक जना घाइते भएका छन् भने चार जना बेपत्ता भएका छन्।

राति सुतेको अवस्थामा पहिरोले घर पुरिँदा ३६ वर्षीय श्यामबहादुर गलान तामाङ घाइते भएका छन्। घाइते अवस्थामा स्थानीय बासिन्दाले उद्धार गरेर अस्पताल लगेका छन्।

पहिरोमा पुरिएर उनकी श्रीमती, दुई छोरी र एक छोरा बेपत्ता भएका छन्। उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरिक्षक देवेन्द्र पाण्डेले जानकारी दिए।

सडकको डिल भत्किएर पहिरो गएको प्रहरीले जनाएको छ। पहिरो गएको खबर पाउने वितिक्कै नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीको टोली घटनास्थल तर्फ गएको छ।

प्रकाशित मिति: ०७:३९ बजे, बिहीबार, भदौ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्