Kathmandu Press

अफगानिस्तानबाट २८८ नेपाली नागरिकको उद्धार

काठमाडौं, भदौ २ : रोजगारीको सिलसिलामा अफगानिस्तानमा रहेका दुई सय ८८ जना नेपालीको उद्धार गरिएको छ।परराष्ट्र मन्त्रालयका अनुसार मित्रराष्ट्रको निरन्तर प्रयास र समन्वयमा...
अफगानिस्तानबाट २८८ नेपाली नागरिकको उद्धार

काठमाडौं, भदौ २ : रोजगारीको सिलसिलामा अफगानिस्तानमा रहेका दुई सय ८८ जना नेपालीको उद्धार गरिएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार मित्रराष्ट्रको निरन्तर प्रयास र समन्वयमा हालसम्म उनीहरुको उद्धार गरी  काठमाडौं ल्याइएको छ। अझै उद्धारको क्रम जारी रहेको मन्त्रालयले जनाएको छ।

अहिलेसम्म उद्धार गरिएकालाई काठमाडौंको सामाखुशीस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा राखिएको छ।

स्वास्थ्य मापदण्डअनुसार कोभिड–१९ को परीक्षणलगायत प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ।

उनीहरु अफगानिस्तानको राजधानी काबुलस्थित अमेरिकी दूतावासको सुरक्षामा कार्यरत थिए। अमेरिकाले उनीहरुलाई उद्धार गरेर नेपाल ल्याएको हो।

अझै थुप्रै नेपाली अफगानिस्तानमा रहेका छन्। उनीहरुको पनि उद्धारको प्रयास भइरहेको मन्त्रालयले जनाएको छ।

अफगानिस्तानमा विद्रोही तालिबान समूहले कब्जा गरेपछि विभिन्न देशले आफ्ना नागरिकको उद्धार गरेर स्वदेश फर्काइरहेका छन्।

प्रकाशित मिति: ०६:३४ बजे, बिहीबार, भदौ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्