Kathmandu Press

नेपालको ऐतिहासिक जित, युएईविरुद्धको सिरिज कब्जामा

काठमाडौं, माघ १४ : नेपालले युएईविरुद्धको तीन दिवसीय शृंखला २-१ ले पछि पार्दै आफ्नो कब्जामा लिएको छ। पहिलो खेलमा ३ विकेटले पराजीत भएको नेपालले दोस....

नेपालको ऐतिहासिक जित, युएईविरुद्धको सिरिज कब्जामा

काठमाडौं, माघ १४ : नेपालले युएईविरुद्धको तीन दिवसीय शृंखला २-१ ले पछि पार्दै आफ्नो कब्जामा लिएको छ। पहिलो खेलमा ३ विकेटले पराजीत भएको नेपालले दोस्रो खेलमा १४५ रनको विजय निकाल्न सफल भएको थियो।

तीन दिवसीयको अन्तिम शृंखलामा नेपालले ४ विकेटको विजय निकाल्यो। नेपालले ३२ बल अगावै युएईले दिएको २ सय ५४ रनको लक्ष्य भेट्टाएको थियो। नेपालका लागि कप्तान पारस खड्का नायक साबित भए। उनले १०९ बलमा १ छक्का र १५ चौकासहित ११५ रन बनाए।

नेपालका लागि ज्ञानेन्द्र मल्लले ३१, सोमपाल कामीले २६, आरिफ सेखले २१ र डेब्यु गरेका सन्दीप जोराले १९ रन बनाए।

यो पनि पढ्नुस् : एकदिवसीय क्रिकेटमा कप्तान पारसको सतक

प्रकाशित मिति: २३:१६ बजे, सोमबार, माघ १४, २०७५