कोरोना संक्रमण बढेपछि कास्कीमा लम्बियो निषेधाज्ञा, सवारीसाधनमा जोर बिजोर लागू
काठमाडौं, भदौं २ : कास्कीमा एक साताका लागि लकडाउन लम्ब्याइएको छ ।जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना महामारी नियन्त्रणका लागि गत वैशाख १५ देखि...
काठमाडौं, भदौं २ : कास्कीमा एक साताका लागि लकडाउन लम्ब्याइएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना महामारी नियन्त्रणका लागि गत वैशाख १५ देखि लगाएको निषेधाज्ञा थप खुकुलो बनाउँदै भाद्र १० गते राति १२ बजेसम्म थप गरेको हो । यसअघि प्रशासनले साउन ३ गते जारी गरिएको निषेधाज्ञा आदेशलाई पुनः निरन्तरता दिएको हो ।
प्रशासनले कोभिड १९ को संक्रमण र मृत्युदर बढ्दै गएका कारण यसअघि जारी गरिएको निषेधाज्ञा आदेशलाई भाद्र १० गतेसम्म निरन्तरता दिने निर्णय गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । थपिएको निषेधाज्ञामा कास्की जिल्लाभित्र सञ्चालन हुने सार्बजनिक तथा निजी सवारीसाधनलाई जोर बिजोर प्रणाली लागू गरेको छ ।
यस्तै विश्वविद्यालय, क्याम्पस एवम् माध्यमिक विद्यालयहरूले पूर्वनिर्धारित परीक्षाहरु सञ्चालन सम्बन्धमा अपनाउनुपर्ने सावधानीका उपायहरु कडाईका साथ पालना गरी पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरी अनलाईन प्रविधिबाट सञ्चालन गर्न सक्नेछन् ।
यस्तै होटल तथा रेस्टुरेन्टहरुले अनलाइन डेलिभरी राति ८ बजेसम्म मापदण्ड अपनाएर सञ्चालन गर्न पाउने छन् । होटलमा बास बस्न आउने पाहुनालाई बेड क्षमताको ५० प्रतिशतसम्म रहने गरी खान बस्नको प्रबन्ध गर्न सक्नेछन् । तर, एका घरका परिवारबाहेक १ कोठामा १ जनाभन्दा बढी व्यक्ति राख्न पाइने छैन ।






-1789386172.jpg)




-1789386172.jpg)

