Kathmandu Press

सशस्त्र प्रहरीको जनशक्ति थप्न सरकार गम्भीर : गृहमन्त्री खाँण 

काठमाडौं, भदौं २ : गृहमन्त्री बालकृष्ण खाँणले मुलुक र जनताको सुरक्षाको महत्वपूर्ण जिम्मेवारी पाएको सशस्त्र प्रहरीमा जनशक्ति थप गर्दै साधन स्रोत सम्पन्न गराउने...
सशस्त्र प्रहरीको जनशक्ति थप्न सरकार गम्भीर : गृहमन्त्री खाँण 

काठमाडौं, भदौं २ : गृहमन्त्री बालकृष्ण खाँणले मुलुक र जनताको सुरक्षाको महत्वपूर्ण जिम्मेवारी पाएको सशस्त्र प्रहरीमा जनशक्ति थप गर्दै साधन स्रोत सम्पन्न गराउने सन्दर्भमा सरकार गम्भीर रहेको बताएका छन् ।

काठमाडौँको हलचोकस्थित सशस्त्र प्रहरी बल नेपालको निरीक्षणपछि आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले सीमा सुरक्षा चौकीको सङ्ख्या थप्ने, प्रहरीको क्षमता वृद्धि गर्ने र भइरहेका चौकीको स्तरोन्नति गर्नुपर्ने आवश्यकता औँल्याए । उनले जनशक्तिकोे वृद्धि, स्रोत साधन र क्षमतावान बनाउन नेपाल सरकार गम्भीर रहेको र सशत्र प्रहरी हरेक क्षेत्रमा काम गर्नका लागि एक्लै छैन भनेर विश्वास दिलाए ।

मन्त्री खाँणले आगामी दिनमा अझै थप जिम्मेवारीका साथ कर्तव्य निर्वाह गर्ने आशा व्यक्त गरे । “सशस्त्र प्रहरीलाई साधन स्रोतयुक्त बनाउन सरकारले सक्दो पहल गर्ने छ, त्यसका लागि नेपाल मन्त्रालय गम्भीरतापूर्वक लाग्नेमा विश्वस्त गराउँदछु”, मन्त्री खाँणले भने । उनले अझै पनि कोरोनाको प्रभाव गम्भीर चुनौतीको रूपमा रहेकाले आम नेपालीलाई कसरी जोगाउने भन्ने विषयमा सरकार गम्भीरताका साथ काम गरिरहेको बताए ।

जनताको जीवन रक्षाका लागि अझै गम्भीरतापूर्वक लाग्न उनले सशस्त्र प्रहरीलाई निर्देशन दिए । मन्त्री खाँणले नेपाली जनताको जीवन रक्षा पहिलो दायित्व भएकाले सरकार जनताको समस्याबाट टाढा जान नसक्ने स्पष्ट पारे । मन्त्री खाँणले मुलुकमा अझै पनि कोरोनाको तेस्रो लहरको खतरा रहेकाले सबै सचेत हुनुपर्नेमा जोड दिए । मन्त्री खाँणले भरोसा र विश्वासिलो सुरक्षा बल सशस्त्रले मुलुक र जनताको सुरक्षाका लागि खेलेको भूमिको प्रशंसा पनि गरे । विषम पस्थितिमा पनि भूखण्डताको रक्षाका लागि हिउँ, धुलो, पानी नभनी कर्तव्य निर्वाहमा खटिने प्रहरी कर्मचारीको योगदानको उनले सराहना व्यक्त गरे ।

गृहमन्त्री खाँणले सशस्त्र प्रहरीले नेपाली जनता र नेपालको रक्षाका लागि दृढताका साथ सक्रिय भएर तस्करी र लागुपदार्थ ओसारपसार नियन्त्रणमा अहम भूमिका खेलेको तथा राजस्व चुहावट कमी गर्न र राजस्व वृद्धिमा महत्वपूर्ण योगदान गरेको बताए । सीमित साधन र स्रोतका बीच जनताको सुरक्षामा कर्तव्य निर्वाह विश्वमै सराहनीले काम गरेको उल्लेख गर्दै गृहमन्त्री खाँणले हरेक क्षेत्रको सुरक्षामा सशस्त्र प्रहरीले उत्तिकै भमिका खेलेको छ भने ।

नेपाल विरोधी कुनै पनि गतिविधि हुन नहुनेमा जोड दिँदै उनले नेपाल पञ्चशिलको सिद्धान्त र असंलग्न नीतिमा विश्वास गर्ने भएकाले नेपालको तटस्थताको भूमिकामा आँच आउन नहुनेमा जोड दिए । उनले अझै ठोस नीति र कार्ययोजनाका सथ अघि बढ्न सशस्त्र प्रहरीलाई निर्देशन पनि दिए । समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले भ्रष्टाचार, मानवअधिकार उल्लङ्घन तथा लैंगिक हिंसामा शून्य सहनशीलताको नीति कडाइका साथ पालना गर्दै सङ्गठन अगाडि बढिरहेको जानकारी गराए । 

प्रकाशित मिति: १९:०३ बजे, बुधबार, भदौ २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्