अरूण काबेली : सञ्चालकमा न्यौपाने, भदौ २६ मा साधारणसभा, १७ प्रतिशत बोनस सेयर
काठमाडौं, भदौ २ : अरूण काबेली पावर लिमिटेडको सञ्चालकमा सेयरधनी रमेशप्रसाद न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको छ।बच्छेराज तातेडले राजीनामा दिएपछि रिक्त हुन आएको...
काठमाडौं, भदौ २ : अरूण काबेली पावर लिमिटेडको सञ्चालकमा सेयरधनी रमेशप्रसाद न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको छ।
बच्छेराज तातेडले राजीनामा दिएपछि रिक्त हुन आएको पदमा न्यौपानेलाई नियुक्त गरेको अध्यक्ष गुरुप्रसाद न्यौपानेले जानकारी दिए। मंगलबार बसेको बैठकले सो निर्णय गरेको हो।
त्यसैगरी बैठकले यही भदानै २६गते भर्चुअल रूपमा ११औं वार्षिक साधारण सभा गर्ने निर्णय पनि गरेको छ। नेपाल ट्रेड टावर लिमिटेडबाट बिहान ११ बजे साधारणसभाको कार्यक्रम सञ्चालन हुने बताइएको छ।
कम्पनीले आर्चिक वर्ष २०७७/७८ को मुनाफाबाट १७ प्रतिशतका दरले बोनस सेयर र ०.८९ प्रतिशतका दरले नगद लाभांश दिने निर्याय गरेको अध्यक्ष न्यौपानेले बताए।
कम्पनीले साधारणसभा र बोनस सेयर वितरण प्रयोजनका लागि भदौ १५ देखि २५ गतेसम्म सेयरको दर्ता किताब बन्द (बुक क्लोज्ड) गर्ने निर्णय गरेको छ।
प्रकाशित मिति: १८:१९ बजे, बुधबार, भदौ २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार






-1789386172.jpg)




