उदयपुरमा पहिरोले दुई घर पुरिँदा दुई जना बेपत्ता
उदयपुर, असार ३१ : रौतामाई गाउँपालिका-१ र वडा नम्बर ८ मा पहिरोले दुई घर पुरिँदा दुई जना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालयका....

उदयपुर, असार ३१ : रौतामाई गाउँपालिका-१ र वडा नम्बर ८ मा पहिरोले दुई घर पुरिँदा दुई जना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति १ः०० बजे गएको पहिरोले रौतामाई गाउँपालिका–८ का रीतबहादुर रिठ्ठामगरको घर पुरेको छ। राति माथिल्लो डाँडाबाट खसेको पहिरोले घर पुरिँदा रीतबहादुरका ५६ वर्षीया आमा रणमाया मगर पहिरोले पुरिएर बेपत्ता भएको डीएसपी वीरबहादुर बुढामगरले बताए।
मंगलबार बिहानै प्रहरी टोली पठाएको भए पनि स्थानीय रसुवाखोलाको बाढीका कारण तर्न समस्या हुँदा घटनास्थलमा पुग्न समस्या भइरहेको बुढामगरले बताए।
त्यस्तै, रौतामाई गाउँपालिका–१ मा पनि पहिरोको कारण रौता मुर्कुचीको अर्जुन तामाङको घर बगाएको छ। तामाङको घर पहिरोले बगाउँदा नौ वर्षका छोरा बेपत्ता भएको उनले बताए। पहिरोका कारण उदयपुरमा हालसम्म झण्डै एक दर्जन घर पहिरोले बगाएका प्रहरीले जनाएको छ।











