Kathmandu Press

२४ घण्टामा ४२ संक्रमितको मृत्यु, थप ३४०३ जनामा संक्रमण पुष्टि

काठमाडौं, भदौ २ : पछिल्लो २४ घण्टामा थप ३४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।१६ हजार ८३८ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा...
२४ घण्टामा ४२ संक्रमितको मृत्यु, थप ३४०३ जनामा संक्रमण पुष्टि

काठमाडौं, भदौ २ : पछिल्लो २४ घण्टामा थप ३४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

१६ हजार ८३८ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको स्वास्थ्य जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

पछिल्लो २४ घण्टामा ११ हजार ८३९ जनाको पिसिआर र ४ हजार ९९९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

त्यस्तै, २ हजार १०४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। 

कोरोना संक्रमणबाट थप ४२ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १० हजार २५४ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ९९३ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति: १६:४२ बजे, बुधबार, भदौ २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्