सरकारमा सम्मानजनक रूपमा सहभागी हुने जसपाको निर्णय
काठमाडौं, भदौ २ : जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सम्मानजनक रूपमा सहभागी हुने निर्णय गरेको छ।केन्द्रीय कार्यसमितिको मंगलबार र बुधबार आयोजित बैठकले...
काठमाडौं, भदौ २ : जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सम्मानजनक रूपमा सहभागी हुने निर्णय गरेको छ।
केन्द्रीय कार्यसमितिको मंगलबार र बुधबार आयोजित बैठकले प्रधानमन्त्री शेरबहादुर नेतृत्वको सरकारलाई समर्थन गर्दै लोकतन्त्र र राष्ट्रियताको संरक्षण तथा देशको समृद्धि र समग्र विकासमा योगदान दिन सम्मानजनक सरकारमा सहभागी हुने निर्णय गरेको हो।
तर सरकारमा कसकसलाई पठाउने भनेर निर्णय भने बैठकले गरेको छैन।
बैठकले यही भदौ ९, ११ र १३ गते प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय पनि छ। जसअनुसार वाग्मती प्रदेशको काठमाडौं र प्रदेश १ को विराटनगरमा हुनेछ।
त्यसैगरी प्रदेश २ को जनकपुरमा र गण्डकी प्रदेशको पोखरामा भदौ ११ गते तथा लुम्बिनी प्रदेशको भैरहवा र सुदूरपश्भिम प्रदेशको धनगढीमा भदौ १३ गते अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको छ।
पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियान र अभिमुखीकरणसम्बन्धी कार्यक्रमहरूकोृ परिचालन, समन्वय, अनुगमन, मूल्यांकन, निरीक्षण, अवलोकन, अभिलेखीकरण गर्नेलगायतका आवश्यक कार्य गर्न वरिष्ठ नेता अशोक राईको संयोजकत्वमा रेणुकुमारी यादव, रामसहायप्रसाद यादव, गंगानारायण श्रेष्ठ, डम्मरबल्लभ खतिवडा, प्रकाश अधिकारी र रमेश यादव सदस्य रहने गरी सात सदस्यीय सचिवालय वपनि गठन गरेको छ।
बैठकले जसपा कायृकारिणी सदस्य रेशम चौधरीलगायतको मुद्दा फिर्ता र सम्मानजनक रिहाइका लागि जाडदार रूपमा माग गर्ने, बेलायतमा आन्दोलनरत भूपू गोर्खा सैनिकका माग पूरा गराउन कूटनीतिक पहल थाल्न सरकारलाई अनुरोध गर्ने, आरक्षणसम्बन्धी व्यवस्थालाई संकुचित बनाउन खोजिएको प्रति विरोध जनाउ्ँदै संविधानको मर्म र भावनाअनुसार नै सो व्यवस्था कायम हुनुपर्ने, तुइन घटनामा बेपत्ता जयसिंह धामीको घटनाबारे छानबिन गरी दोषीलाई कारबाही र पीडित परिवारलाई राहतको व्यवस्था गर्न माग गर्ने निर्णय पनि बैठकले गरेको छ।
कोरोना संक्रमणको रोकथामका लागि परीक्षणको दायरा बढाई खोपको व्यवस्थालाई प्रभावकारी बनाउन, कोरोनाका कारण पीडित बनेका मझौला तथा साना व्यवसायीका लाति राहत कार्यक्रम ल्याउन, बाढीपहिरो र डुबानपीडितहरूका लागि पनि कार्यक्रम ल्याउन सरकारलाई झक्झक्याउने निर्णय पनि बैठकले गरेको छ।








-1789386172.jpg)




-1789386172.jpg)

