प्रतिनिधिसभा विघटनविरुद्ध परेका २९ वटा रिट संवैधानिक इजलासबाट खारेज
प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका २९ वटा रिट सर्वोच्च अदालतको संवैधानिक इजलासले खारेज गरेको छ।
काठमाडौं, भदौ २ : प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका २९ वटा रिट सर्वोच्च अदालतको संवैधानिक इजलासले खारेज गरेको छ ।
प्रधानन्यायाधीश श्री चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासले बुधबार ती रिट खारेज गरेको हो ।
सबै रिटमा उल्लेखित विवाद निरुपण भइसकेकाले रिट खारेज गर्ने निर्णय अदालतले गरेको हो ।
प्रतिनिधिसभा विघटनको पक्ष र विपक्षमा ३० वटा रिट परेका थिए । तीमध्ये कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ जना सांसदले प्रतिनिधिसभा विघटन बदर गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश माग गर्दै दिएको निवेदनमा मात्र सर्वोच्चले सुनुवाइ गरेको थियो ।
सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनःस्थापना हुने फैसला दिँदै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।




-1789386172.jpg)




-1789386172.jpg)

