निर्वाचन आयोगमा दर्ता भयो महन्थको नयाँ दल जसपा लोकतान्त्रिक
महन्थ ठाकुर-राजेन्द्र महतो समूहले निर्वाचन आयोगमा नयाँ दल जसपा लोकतान्त्रिक दर्ताका लागि निवेदन दिएको छ।
काठमाडौं, भदौ २ : महन्थ ठाकुर-राजेन्द्र महतो समूहले निर्वाचन आयोगमा नयाँ दल जसपा लोकतान्त्रिक दर्ताका लागि निवेदन दिएको छ ।
पार्टीको अध्यक्षमा ठाकुर छन् । उक्त पार्टीले चुनाव चिह्न साइकल छनोट गरेको छ ।
जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षले पाएसँगै ठाकुर-महतो समूह दलविहीन बनेको थियो ।
राष्ट्रपतिबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएपछि उक्त समूहलाई नयाँ पार्टी दर्ताका लागि बाटो खुलेको हो ।
नयाँ पार्टीमा २४ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति चयन गरिएको छ ।
प्रकाशित मिति: १६:२८ बजे, बुधबार, भदौ २, २०७८
प्रतिक्रिया दिनुहोस्




-1789386172.jpg)




-1789386172.jpg)

